दशैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • दशैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

    काठमाडौं । दशैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

    यसअघि हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको पहिलो चरणको कार्यक्रम यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले पछि सारिएको हो।

    सरकारले बालबालिकाको स्वास्थ्य रक्षा तथा पोषण सुधारका लागि हरेक वर्ष दुई चरणमा भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गर्दै आएको छ। दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ।

    कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

    भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्नुका साथै जुकाको संक्रमणबाट बालबालिकालाई जोगाउन कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

    विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij