दसैँ मनाउन उपत्यका छाड्नेको संख्या ५ लाख नजिक

दसैँ मनाउन उपत्यका छाड्नेको संख्या ५ लाख नजिक

आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • दसैँ मनाउन उपत्यका छाड्नेको संख्या ५ लाख नजिक

    काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि महाअष्टमीसम्म ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडेका छन्।

    महाअष्टमीको दिन आइतबार पनि घर फर्किने यात्रुको चाप देखिएको छ। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको चहलपहल बढेको थियो।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार महाअष्टमीको बिहान उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप बढी देखिए पनि त्यसपछि क्रमशः घट्दै गएको छ।

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप पनि घट्दै गएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij