काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अल अमरेत क्रिकेट मैदान–१ मा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।