भक्तपुुर । भक्तपुुरका साथीको घरमा बसेका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । जिल्लाको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा साथीको डेरामा बस्दै आएका कैलालीको गोदावरी नगरपालिका–२ घर भएका २६ वर्षीय साथी बिनोद दियालको मृत्युु भएको हो ।
स्थानीय श्रीराम धौबन्जरको घरमा डेरा गरी बस्दै आएकी जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका–१ घर भएकी वर्ष २१ की कल्पना ऐरको डेरामा एक सातायता संगै बस्दै आएका दियालको २९ गते राती सुुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । राती साढे १० बजेको समयमा खाना खाई सुतेका दियाल ३० गते बिहान अचेत अबस्थामा फेला परेका थिए ।
तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लैजाने क्रममा शुुक्रवार बिहान ७ वजेर १० मिनेटमा उनको मृत्युु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। घटनाका सम्बन्धमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।