भक्तपुुर । भक्तपुुरमा एउटा पुुल ठेक्का लागेको दुुई वर्षपछि शिलान्यास गरिएको छ । जिल्लाको सुुर्यविनायक नगरपालिका वडा नंं. ४ र ७ लाई जोड्ने महादेव खोलाको पुल निर्माणका लागि २०७८ सालमा टेण्डर भई ठेक्का लागेपनि अहिले शिलान्यास गरिएको हो ।
१५ मिटर लम्बाई र ११ मिटर चौडाईमा निर्माण हुने पुुल निर्माणका लागि भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुुरले दुई करोड ९४ लाख रुपैयामा ठेक्का लगाएको थियो। सो पुुलको शुक्रवार मात्र प्रदेश सांसद किरण थापाले शिलान्यास गरे। शिलान्यास समारोहलाई सम्बोधनगर्दै सांसद थापाले पुल निर्माण सम्पन्न भएपछि सुुर्यविनायक नगरपालिकाका मात्र नभएर काठमाडौं ललितपुुर हुुंदै वैकल्पिक मार्गहुुंदै काभ्रे जाने यात्रुुलाई समेत सुुविधा पुुग्ने बताए ।

शिलान्यास समारोहमा पुर्व मन्त्री एवं एमाले महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख इश्वर थापा, सुुर्यविनायक नगरपालिका वडा नं.४ का अध्यक्ष लक्ष्छुुराम न्यौपाने, वडा नं. ७ का अध्यक्ष रबिन्द्र सापकोटा लगायतले पुुल निर्माणसंगै यस क्षेत्रका स्थानीयवासीलाई ठुुलो फाइदा पुुग्ने बिचार व्यक्त गरेका थिए । शिलान्यास भएसंगै निर्माण शुुरु गरिएको पुुल एक वर्षभित्रमै सम्पन्न गर्नेगरी कामगर्ने निर्माण कम्पनिले जनाएको छ ।