एसीसी प्रिमियर कप : आज नेपाल र कतार भिड्दै

एसीसी प्रिमियर कप : आज नेपाल र कतार भिड्दै

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • एसीसी प्रिमियर कप : आज नेपाल र कतार भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

    ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ । शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ ।

    प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

    समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij