एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

    काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।

    १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।

    कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा क्याच आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भए ।

    आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १/१ विकेट लिए ।

    त्यसअघि ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । मलेसियाका लागि कप्तान तथा ओपनिङ ब्याटर वीरन्दीप सिंहले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए ।

    ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए । त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।

    नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । नेपालले शनिबार कतारसँग खेल्नेछ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij