भक्तपुर एमालेको नवौं अधिबेशन जेठको पहिलो साता हुने

भक्तपुर एमालेको नवौं अधिबेशन जेठको पहिलो साता हुने

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • भक्तपुर एमालेको नवौं अधिबेशन जेठको पहिलो साता हुने

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला नवौं अधिबेशन जेठको पहिलो साता हुने भएको छ । 

    एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुने भएको छ । 

    अध्यक्ष देउजाले भने ‘अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ’ ।

    अहिले जिल्लाका सबै वडा र नगर कमिटी हरुलाई सदस्यता नवीकरण गर्न ताकेता गरिएको र कतिपयले भने सदस्यले भने नवीकरण गरिसकेको देउजाले जानकारी दिए । 

    नवौं जिल्ला अधिबेशनबाट एमालेको नयाँ जिल्ला कार्य समिति समेत चयन हुनेछ । भक्तपुरमा एमालेको करिब ७ हजार ५ सय पार्टी संगठित सदस्य रहेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij