अमेरिकाले बाढीपछिको पुनर्निर्माणमा थप ३१ मिलियन डलर सहयोग गर्ने

अमेरिकाले बाढीपछिको पुनर्निर्माणमा थप ३१ मिलियन डलर सहयोग गर्ने

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • अमेरिकाले बाढीपछिको पुनर्निर्माणमा थप ३१ मिलियन डलर सहयोग गर्ने

    न्युयोर्क । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको घोषणा गरिएको हो ।

    भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको थियो । अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरको स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ।

    ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ। भेटमा उनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरिएको थियो ।

    अमेरिकास्थित नेपाली नियोगका अनुसार, भेटका अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो । भेटका अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij