आज घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ?

आज घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ?

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • आज घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ?

    काठमाडौँ, ७ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा रहेको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा कायम भएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ २६ पैसा छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तथा साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४० रुपैयाँ ८१ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा रहेको छ।

    त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा रहेको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ६२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ५३ पैसा तोकिएको छ। ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ०५ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैङ्कले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij