काठमाडौं । एसिसी प्रिमियर कप आजदेखि सुरु हुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार एसीसी टी–२० प्रिमियर कपमा मलेशियासँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने छ ।
त्यस्तै नेपालले शनिबार नयाँ वर्षको दिन कतारको सामना गर्दै छ । भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।
उक्त खेल खेल्ने टिममा नेपालका कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।