आज सार्वजनिक बिदा, तर बैंक बन्द नहुने

आज सार्वजनिक बिदा, तर बैंक बन्द नहुने

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • आज सार्वजनिक बिदा, तर बैंक बन्द नहुने

    काठमाडौँ, २२ भदौ । सार्वजनिक बिदा परे पनि आज ‘मङ्गलबार’ बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

    नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले भदौ २३ गते ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैङ्कले आज सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद् प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहजता पुर्याउन अत्यावश्यक बैङ्किङ तथा काउन्टर सेवा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

    यसअघि मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते ‘जेन्जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको थियो । तर, विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक बैङ्किङ सेवा बन्द नगर्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।

    राष्ट्र बैङ्कको निर्देशनसँगै भोलि सार्वजनिक बिदा भए पनि सर्वसाधारणका अत्यावश्यक बैङ्किङ कारोबार तथा विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारसँग सम्बन्धित आर्थिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij