भक्तपुर महोत्सवमा आज एलिना चौहानको उपस्थिति रहने, अन्य को–को कलाकारको हुनेछ प्रस्तुति ?

भक्तपुर महोत्सवमा आज एलिना चौहानको उपस्थिति रहने, अन्य को–को कलाकारको हुनेछ प्रस्तुति ?

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • भक्तपुर महोत्सवमा आज एलिना चौहानको उपस्थिति रहने, अन्य को–को कलाकारको हुनेछ प्रस्तुति ?

    भक्तपुर । आठौं भक्तपुर महोत्सवमा आज २८ गते गायिका एलिना चौहानको उपस्थिति हुने भएको छ । “कट्टा हान्दिन्छु, धोखेबाज बाज हौ तिमी” जस्ता गीतबाट चर्चिच भएकी चौहानले भोलि महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएका हुन् ।   महोत्सवमा आउने आयोजकले जानकारी दिएको छ । 

    चौहान सहित भोलि विश्व नेपाली, टीका प्रसाईं, बिनोद ढकाल, अनित विष्ट, सपना शाही, रितु कँडेल, नविन पौडेल, विन्दास इन्द्र, पुष्पा परियार लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएका छन् । 

    bhaktapur.jpg

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजित उक्त महोत्सव बिहीबारबाट सुरु भएको छ । ११ दिनसम्म चल्ने उक्त महोत्सवमा सर्वसाधारणका लागि प्रवेश शूल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिकलाई भने निःशूल्क प्रवेश दिइने मेला आयोजक समितिले जनाएको छ । 

    महोत्सवमा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । संयोजक थापाका अनुसार मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ । महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij