कस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

कस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • कस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ४० पैसा र बिक्रीदर १५३ रुपियाँ निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७९ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७६ पैसा र बिक्रीदर २०६ रुपियाँ ५७ पैसा निर्धारण गरिएको छ ।

    त्यसैगरी स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ८८ पैसा र बिक्रीदर १८८ रुपियाँ ६२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५३ पैसा र बिक्रीदर १०७ रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३७ पैसा र बिक्रीदर १०९ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९६ पैसा र बिक्रीदर ११९ रुपियाँ ४२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५९ पैसा र बिक्रीदर २२ रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ । त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८० पैसा र बिक्रीदर ४१ रुपियाँ ९७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५० पैसा र बिक्रीदर ४१ रुपियाँ ६६ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७६ पैसा र बिक्रीदर १० रुपियाँ ८० पैसा निर्धारण गरिएको छ ।

    स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५१ पैसा र बिक्रीदर २३ रुपियाँ ६१ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ २६ पैसा र बिक्रीदर ४९८ रुपियाँ २१ पैसा निर्धारण गरिएको छ ।

    बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ १९ पैसा बिक्रीदर ४०५ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९७ रुपियाँ ३९ पैसा रहेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij