ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर : ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर : ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर : ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जाका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन् ।

    हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने व्यवस्था गरिएको छ । त्यसैगरी, एक्सपोमा नयाँ विद्युतीय (ईभी) गाडी खरिद गर्ने ग्राहकलाई बैंकले तीन वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ ।

    तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ ।ग्राहकको सहजताका लागि ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमै आफ्नो स्टल राखेर कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । ग्राहकले बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार आवश्यक कागजात पूरा गरेपछि गाडी खरिदका लागि अधिकतम तीन दिनभित्रै कर्जाको स्वीकृतिपत्र प्रदान गरिनेछ । ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंक हो । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ ।

    यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गरेको छ ।

    हाल बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् । यी सेवामार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

    बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ । बैंकका अनुसार यसबाट राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्दै आएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij