मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताएका छन् ।

    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताउए । प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उनको भनाइ थियो ।

    सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे । 

    फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उनले बताए । त्यसका लागि प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij