तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई आज झुटा विवरण पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

    सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आरोपपत्र दायर गरिएको हो । 

    आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना  र सजायको मागदाबी गरिएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij