आयल निगमले एक दुई दिनमै नेतृत्व पाउँने, पूर्व निमित्त कार्यकारी निर्देशक साहको सम्भावना

आयल निगमले एक दुई दिनमै नेतृत्व पाउँने, पूर्व निमित्त कार्यकारी निर्देशक साहको सम्भावना

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • आयल निगमले एक दुई दिनमै नेतृत्व पाउँने, पूर्व निमित्त कार्यकारी निर्देशक साहको सम्भावना

    काठमाडौं । नेपाल आयल निगमले एक दुई दिनमै नेतृत्व पाउँने भएको छ । रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस भएसंगै अव बस्ने मन्त्रिपरिषद् वैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने भएको हो ।

    कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते सम्पन्न मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको छ । समितिका अनुसार धनुषाका नागेन्द्र साह (सीए) प्युठानका कौशल केसी, र सप्तरीका सञ्जीव कुमार देव अन्तिम तीन जनाको सूचीमा परेका छन् ।

    नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि गत असार २ गते दरखास्त आह्वान गरिएको थियो । आवेदन दिएका उम्मेदवारमध्ये कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा मूल्याङ्कनका आधारमा यी तीन जनाको नाम छनोट गरिएको समितिले जनाएको छ ।

    अब सिफारिस गरिएका तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषद्ले उनीहरूमध्ये एक जनालाई नेपाल आयल निगम लिमिटेडको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ । 

    पटक पटक निमित्त कार्यकारी निर्देशकका रुपमासमेत काम गरिसकेका सिए नागेन्द्र साह तीन जनाको सूचिमा परेका कारण उनको कार्यकारी निर्देशक हुने सम्भावना बढी रहेको बताइएको छ । तत्कालिन कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले गत वैशाख ३० गते राजीनमा दिएपनि निगमको कार्यकारी निर्देशक रिक्त भएको थियो ।

    भट्टले राजीनामा सदएपछि सरकारले साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो । विशिष्ट श्रेणीको चार वर्षे उमेर हदका साहले अवकास पाएपछि निमित्तको जिम्मेवारी दिपक बरालले सम्हाल्दै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij