सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ कायम भएको छ ।

    गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार र चाँदी चार हजार ३१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij