शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव र्‍याली

शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव र्‍याली

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव र्‍याली

    भक्तपुर । तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ । 

    भक्तपुरमा आजदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै दत्तात्रयबाट सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सद्भाव सभामा परिणत भएको थियो । 

    ‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔँ’ नारा लगाउँदै भएको र्यालीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, स्थानीय क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि  थिए । 

    भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्काः जात्रा भक्तपुरको गौरव हो भन्दै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयमा यसको पढाइ भइरहेको बताए । 

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिस्का जात्रा भक्तपुरवासी एवं नेपालकै पहिचान भएकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक भएको बताए । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij