शैक्षिक सत्र शुरु नहुँदै देशभरका ८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र शुरु नहुँदै देशभरका ८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • शैक्षिक सत्र शुरु नहुँदै देशभरका ८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक

    भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल २ करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । 

    उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए ।

    स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने उनको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij