चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

    काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ ।

    बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ । 

    समितिका सभापति कृष्णबहादुर रोकायले आजै राष्ट्रियसभाको बैठकमा ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    अध्यादेशलाई प्रतिस्थापन गर्न जारी गरिएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij