बर्दियाबाट  सुरु भयो लालपुर्जा वितरण अभियान

बर्दियाबाट  सुरु भयो लालपुर्जा वितरण अभियान

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • बर्दियाबाट  सुरु भयो लालपुर्जा वितरण अभियान

    काठमाडौँ ।  सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले  बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छिन् । 

    बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराएकी हुन् ।  

    लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij