ललितपुर । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन भएको छ। नख्खु सिर्जनामार्ग निवासी चन्दको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका चन्दलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । त्यही दिन डिस्चार्ज भएका चन्दलाई फेरि असार १० गते बिरामी परेपछि मेडिसिटी अस्पतालकै आईसीयूमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा बुधबार बिहान साढे छ वजे चन्दको निधन भएको प्रहरीले जनाएको छ ।