पेट्रोलमा २०, डिजेलमा ३०, ग्याँसमा १०० रूपैयाँ  मूल्य  घट्यो, अव कति पर्छ ?

पेट्रोलमा २०, डिजेलमा ३०, ग्याँसमा १०० रूपैयाँ  मूल्य  घट्यो, अव कति पर्छ ?

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • पेट्रोलमा २०, डिजेलमा ३०, ग्याँसमा १०० रूपैयाँ  मूल्य  घट्यो, अव कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य भारी मात्रामा घटाएको छ । निगमले आज बिहानदेखि लागु हुनेगरी पेट्रोलमा २० रूपैयाँ,  डिजेल र मट्टितेलमा ३० रूपैयाँ, ग्याँसमा एक सय रूपैयाँ घटाएको हो । 

    निगम सञ्चालक समितिको मंगलबार बसेको वैठकको निर्णयानुसार पेट्रोलीयम पदार्थको मूल्य घटाइएको हो ।
    निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले  घटाइएको जनाएको छ। 

    मुल्य घटेसंगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलरमट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ । 

    हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ । 

    मध्य पुर्वमा द्वन्द्व चर्किएसंगैपेट्रोलीयम पदार्थको मूल्य आकाशीएको थियो । अहिले इरान र अमेरिकाबीच तनाव मत्थर भएसंगै अन्तर्राष्ट्रिय वजारमा मुल्य पहिलेकै अवस्थामा पुग्ने क्रममा रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij