सूर्यविनायक नगरपालिका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा, बाँकी दुई वडामा आज

सूर्यविनायक नगरपालिका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा, बाँकी दुई वडामा आज

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • सूर्यविनायक नगरपालिका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा, बाँकी दुई वडामा आज

    भक्तपुर । सूर्यविनायक नगरपालिकाका.८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत बुधबार बिहान सूर्यविनायक नगरपालिका–८ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । 

    नगरप्रमुख बाशुदेव थापाले डोलेश्वर महादेव मन्दिरमा आयोजित भव्य कार्यक्रमका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले विकास निर्माणमा अग्रणी  सूर्यविनायक नगरपालिकाका भक्तपुर जिल्लाका चारवटा स्थानीय तहमध्ये बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने पहिलो पालिका बनाउँन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

    6ea2ee54-b390-4782-b587-65df0d0c6fa4.jfif

    स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले सबै १० वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाको भनाई थियो । असार १७ गतेसम्ममा नगरपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा गरेर त्यसको दिगोपनका लागि प्राथमिकता दिने नगर प्रमुख थापाले वचन दिए ।

    1b7fbbfb-32fd-4f5a-ae0b-292e41abb1b1.jfif

    9fe5d18a-170a-474f-a771-a6229cb083d9.jfif

    बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणासंगै नगरपालिकाले बालवालिका र बृद्वबृद्वाका क्षेत्रमा प्रयाप्त वजेट बिनियोजन गरेर  अभियानलाई सार्थक बनाउने नगर प्रमुख थापाले बताए । नौ बर्षको आफ्नो कार्यकालमा जनताले तिरेको करको सहि सदुपयोग गरेको नगर प्रमुख थापाको भनाई थियो ।

    99f39726-1596-4d34-8b2b-171900b392d7.jfif

    सूर्यविनायक नगरपालिकाल विकास निर्माणसंगै बृद्धबृद्धा, बालबालिकाका क्षेत्रमा लक्षित बजेटको व्यवस्था गरेको उपप्रमुख सरिता तिम्सिना भट्टराईको भनाई थियो ।नगरपालिकाका सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री रहेको जानकारी दिदै उपप्रमुख तिम्सिना भट्टराईले विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको बताइन । 
    तोकिएका सूचकमध्ये ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हांसिल गरेकाले नगरपालिकाका सबै १० वटा वडालाई ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरिएको नगरपापालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार, सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिकाले ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको हो । 

    d69d917a-b08b-44df-b444-c90135cd5eeb.jfif

    0a839c6c-2621-4a1f-9149-5e28c7a21681.jfif

    वडाध्यक्ष पुष्पराज बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्नका लागि पूरा गर्नुपर्ने सूचकहरूमध्ये बालविवाह, बालश्रम, बाल हिंसा पूर्ण रूपमा निषेधित रहेको, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित भएको बताए । वडामा बालविवाह पूर्ण रूपमा निषेध रहेको, बालश्रम हुने नगरेको, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको वडाअध्यक्ष बस्नेतको भनाई थियो । 

    320fdd69-3283-446f-8f3c-0aa402f28afc.jfif

    कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल नगर बाल सञ्जाल, विद्यालय, स्वास्थ संस्था स्वयंसेविकालाई कदरपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, सांस्कृतिक समूहलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । 

    16d70959-5c76-4d97-b830-26fc25f8a949.jfif

    कार्यक्रममा बालवालिकाहरुले सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, बिद्यार्थी, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम शुरू हुनअघि वडा कार्यालयबाट डाेलेश्वर मन्दिरसम्म बृहत र्यालीकाे आयोजना गरिएको थियाे ।

    02704861-8dc7-4dd1-b1a3-1ba57d5d0b25.jfif

    4ffc947b-bd6d-4829-8891-cdd1aa203f40.jfif

    7b1a98cd-f730-47df-9f62-c86ff3909f13.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij