होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बके

होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बके

सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बके

    काठमाडौं । होटल संघ नेपाल ९हान० को बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा भक्तपुरको भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक राम सुन्दर बके मनोनित भएका भएको छन् । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा बकेलाई मनोनयन गरेको हो । 

    संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हो । संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ । 

    136226da-fb20-4702-8ad6-9ea3ebf411f1.jfif

    हानको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा उपलब्ध गराउन पनि बकेलाई  पत्रमार्फत अनुरोध गरिएको छ । त्यस्तै प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेको नेतृत्वले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा हानले गरेको छ ।

    67ca0c86-2475-452b-a874-e844389a8d52.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij