काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । सह–आयोजक क्यानडाका कप्तान स्टेफन युस्ताकियोले इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
सोफी स्टेडियममा गएराती सम्पन्न भएको नकाउट चरणमा पहिलो पटक पुगेका दुवै टोलीले निर्धारित ९० मिनेटसम्म गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान युस्ताकियोले बललाई जाली चुमाउँदै क्यानडालाई ऐतिहासिक जित दिलाए।
उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । हारसंगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ। अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।