फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र पुुर्व नगर प्रमुख सम्मानीत

फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र पुुर्व नगर प्रमुख सम्मानीत

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र पुुर्व नगर प्रमुख सम्मानीत

    भक्तपुर । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानीत भएका छन् । मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेको हो ।  

    समाजको पाँचौँ अधिवेशनका अजसरमा मध्यपुरथिमिका सांस्कृतिक धरोहर कला, संस्कृति नृत्य एवम् वाद्य गुरु ९६ वर्षीय श्रीगोपाल प्रजापतिले पत्रकार श्रेष्ठलाई पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । यसैगरी कार्यक्रममा मध्यपुरथिमिको मूर्त, अमूर्त कला, संस्कृतिको संरक्षण एवम् सम्पदाको संरक्षण, संवर्द्धन र पुनः निर्माणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै वाद्य गुरु प्रजापतिले मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि सम्मान गरे । madan.jpg

    ratna dai main.jpg

    निवर्तमान नगर प्रमुख श्रेष्ठ नगर प्रमुख हुँदा मध्यपुरथिमिको कला, संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेख्य काम भएको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै श्रेष्ठले घाँसेमैदानमा परिणत भएका पोखरी, लोपोन्मुख भएका सम्पदाको पुनः निर्माण र जीर्णोद्धार गरिएको बताए । पूर्व नगर प्रमुख श्रेष्ठले यहाँको कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर लैजाने लक्ष्य रहेको उल्लेख गर्दै थिमिको विकास, सम्पदाको संरक्षण र पर्यटनको विकास गरी रोजगारी एवं आर्थिक समृद्धिको क्षेत्रमा सधै लागिरहने बचन दिए । 

    कार्यक्रममा पुरस्कृत पत्रकार श्रेष्ठले मध्यपुरथिमिको पहिचानलाई पूर्वनगर प्रमुख श्रेष्ठ र भक्तपुरका सञ्चारकर्मीले विश्वमाझ चिनाउन सफल भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत् प्रजापति, चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, समाजका अध्यक्ष बाबुकाजी साँछेँ, नवनिर्वाचित अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार श्रेष्ठले समाजको अक्षयकोषका लागि १० हजार समाजका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।  

    यसैबीच समाजको पाँचौँ अधिवेशनले चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सागर गुरागाईँ, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा सरिना श्रेष्ठ र सहसचिवमा पृथ्वीराम श्रेष्ठ चयन छानिएका छन् । त्यसैगरी सदस्यहरूमा विशेश्वर श्रेष्ठ, सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापति, विज्ञानभक्त श्रेष्ठ र रेणु श्रेष्ठ चुनिएको समाजले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij