अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी कायमै

अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी कायमै

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी कायमै

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ।

    महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ।

    यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। त्यसपछि असार ८ गतेदेखि मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको थियो। यद्यपि हाल मनसुन कमजोर अवस्थामा रहेको महाशाखाले जनाएको छ।

    देशका बाँकी क्षेत्रमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। पर्याप्त वर्षा हुन नसक्दा लुम्बिनीसहित पश्चिमी तराई क्षेत्रमा गर्मी बढेको छ भने धान रोपाइँसमेत प्रभावित भएको छ।

    आज कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै, कोशी प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहर (हिटवेभ) को सम्भावना रहेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij