बीपी राजमार्गसहित केही सडक खण्डमा आवागमन प्रभावित

बीपी राजमार्गसहित केही सडक खण्डमा आवागमन प्रभावित

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • बीपी राजमार्गसहित केही सडक खण्डमा आवागमन प्रभावित

    काठमाडौं । लगातारको वर्षा, बाढीको जोखिम र सडक मर्मतका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका केही सडक खण्डमा सवारी आवागमन आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएको छ।

    कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक प्रभावित भएको छ। हिजोदेखि समस्या देखिएको उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था पनि गरिएको छ।

    यस्तै, काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    उता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ (महालक्ष्मी) हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ (काठमाडौं) सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ। गत जेठ १५ गतेदेखि मर्मतका लागि बन्द गरिएको उक्त सडक आगामी एक महिनासम्म सञ्चालनमा नआउने प्रहरीले जनाएको छ।

    मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्दै गएको भन्दै प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    May be an image of text that says 'क्र.सं. जिल्ला मुख्य राजमार्ग अवरोध (मिति: २०८३०३१३ गते 02:3〇 बजे सम्म) बिषय बाटो बन्द भएको मिति 9. स्थान भोजपुर बाडी राजमार्ग २०८३०१।१२ कोशी कोशीप्रदेश प्रदेश 9 भोजपुर नगरपालिका y बोखिम खुलेकोनखुलेको काभ्रेपलानोक संभावित बाढी मध्य पहाडी लोकमार्ग २ २०८३०२२२ एकतफा तुचारु (बैकल्पिक बाटो समेत भएको) मकवानपुर बागमती प्रदेश खुकॉोट-नेपालथों-कटुनजोबंसी सम्पुर्ण सवारी साधनहरु सडक मर्मत २०८३।०२।१५ वि.पि वि.पिराजरमार्ग राजमार्ग सडक खण्ड इं्द्रसरोवरा.पा.२ गा.पा. 8 महालक्ष्मी ईन्द्रसरोवर सवारी साधन संन्चालनमा रोक कुलेखानी फाखेल हुमाने फर्पिड काठमाणडी सडक खण्ड पूर्ण रुपमा अवरोध मर्मत कार्य हुने भएकोले 9 ۹ महिना बन्द बन्दहुने हुने नेपाल प्रहरा सत्य सेवा सरक्षणम'

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij