रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

    काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जिप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

    शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij