सुनको मूल्य तोलामा पाँच हजार २०० घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

सुनको मूल्य तोलामा पाँच हजार २०० घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • सुनको मूल्य तोलामा पाँच हजार २००  घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० र चाँदी ४ हजार २३५ निर्धारण भएको छ ।

    बुधबार एक तोला सुनको मोल २ लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य २ हजार ४८५  मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij