रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

    सिद्धार्थनगर  ।  जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ ।
     
    सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ ।
     
    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जाने नागरिकको सङ्ख्या बढ्दै जाँदा राहदानी सेवाको मागमा उल्लेख्य वृद्धि भएको बताए। उनले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन कार्यालयले आवश्यक व्यवस्थापन गरेसँगै सेवाग्राहीबाट गुनासो आउनेक्रम रोकिएको जानकारी दिए ।
     
    सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताए । उनले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रोजगारीका लागि जाने युवाको सङ्ख्या बढी रहेका अवस्थामा तुलनात्मक रुपमा धेरै जनसङ्ख्या भएको रुपन्देहीमा राहदानीको माग बढेको स्पष्ट गरे ।  उनले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताए ।   
     
    यसैगरी, रपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राहदानीसँग सम्बन्धित सेवाग्राहीको चापलाई दृष्टिगत गरी अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन तथा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएकाले सेवाप्रति गुनासो नरेको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij