ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij