वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रियामाथि छानबिन माग

वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रियामाथि छानबिन माग

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रियामाथि छानबिन माग

    काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न प्राविधिक पदमा गरिएको नियुक्ति प्रक्रियामाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

    चिकित्सक डा. अमित झाले आयोगमा दर्ता गराएको उजुरीमा मेडिकल अफिसर, कन्सल्ट्यान्ट लगायतका पदमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको आरोप लगाइएको छ।

    उजुरीमा रिक्त पदपूर्तिका क्रममा खुला प्रतिस्पर्धा नगरिएको, सार्वजनिक सूचना प्रकाशन नगरी नियुक्ति गरिएको तथा प्रचलित नियम विपरीत प्रक्रिया अपनाइएको दाबी गरिएको छ। अस्पताल प्रशासनले करार तथा ज्यालादारी नियुक्तिसम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै नियमित पदपूर्तिको विकल्पका रूपमा प्रयोग गरेको आरोप पनि लगाइएको छ।

    उजुरीकर्ताले विशेष परिस्थितिमा सीमित अवधिका लागि मात्रै गर्न मिल्ने अस्थायी नियुक्तिलाई पटक–पटक प्रयोग गरी एउटै प्रकृतिका पदमा व्यक्तिहरू नियुक्त गरिएको उल्लेख गरेका छन्। यस्ता नियुक्तिमा राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धको प्रभाव रहेको दाबी समेत उजुरीमा गरिएको छ।

    यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रीको सचिवालयलाई जानकारी गराउँदा पनि कुनै कारबाही नभएको भन्दै अन्ततः अख्तियारमा उजुरी दिनुपरेको डा. झाको भनाइ छ।

    उजुरीमार्फत विगत केही वर्षमा भएका सम्पूर्ण नियुक्ति प्रक्रिया, आवेदन आह्वान र स्वीकृत दरबन्दीसँग सम्बन्धित कागजातको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, नियुक्ति प्रक्रियामा संलग्न जिम्मेवार अधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न तथा आवश्यक पदपूर्ति खुला प्रतिस्पर्धामार्फत गर्न आयोगसमक्ष आग्रह गरिएको छ।

    7b91f552-cf24-488c-91ca-26c3b3e9fd44

    723585585_1206110504926133_4665853622852212141_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij