पाँच  हजार १ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

पाँच  हजार १ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • पाँच  हजार १ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौँ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । 

    हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।

    गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।  
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij