काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो।
प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको बताएको छ।