राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • राष्ट्रियसभाको बैठक सुरु
    काठमाडाँै । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज संसद्को बैठक बसेको हो । 
     
    राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।  
     
    यसैगरी प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका तय भएको छ । 
     
    उन्ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । 
     
    आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij