भक्तपुरमा एक सय १९ विद्यार्थीलाई छात्रवृत्ति बितरण

भक्तपुरमा एक सय १९ विद्यार्थीलाई छात्रवृत्ति बितरण

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • भक्तपुरमा एक सय १९ विद्यार्थीलाई छात्रवृत्ति बितरण

    भक्तपुर । अरनिको माध्यमिक विद्यालयले जनक खड्का छात्रवृत्ति कोषबाट छात्रवृत्ति बितरण गरेको छ । सूर्यविनायक नगरपालिका– ४ गाम्चास्थित बिद्यालयले एक कार्यक्रमको आयोजना गरेर आफ्ना र अन्य बिद्यालयका गरी एक सय १९ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको हो । 


    कोषका अध्यक्ष सानुबाबु खड्काको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति बितरण कार्यक्रममा कोषका संस्थापक किरण खड्काले विद्यार्थीलाई पठनपाठनका लागि सदैव सहयोग गर्ने बताइन । कोहीपनि विद्यार्थीले आर्थिक स्थितिका कारण पढाई खर्च, स्टेशनरी, ड्रेस नभएर पठनपाठनबाट बञ्चित हुनु नपरोस भनेर जनक खड्का छात्रवृत्ति कोष स्थापना गरिएको खड्काको भनाई थियो । 

    कार्यक्रममा अरनिको माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्राचार्य प्रेमबहादुर खड्काले अभिभावकलाई छात्रवृत्ति लिन आइदिएकोमा धन्यवाद दिए । सम्पूर्ण विद्यार्थीहरुलाई पढेर आफ्नै देशमा केही गरौं भन्ने अठोट लिन पनि आग्रह गर्दै प्रेमबहादुर खड्काले जनक खड्का छात्रवृत्ति कोषसँग अन्य छात्रवृत्ति कोष जोडेर एउटै समितिबाट सञ्चालन गर्न सके अझ प्रभावकारी हुने बताए । 

     कार्यक्रममा छहारी साकोसका अध्यक्ष एवं स्वर्गीय सिम्रिका गिरी छात्रवृत्ति कोषका अध्यक्ष कृष्णहरि खड्काले गरिब, जेहेनदार, अशक्त एवं बेसाहारा छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेर उज्जवल भविष्यको बाटो देखाउन पाउँदा खुशी लागेको बताए । अरनिको माध्यमिक विद्यालयका प्राचार्य महेन्द्रकुमार श्रेष्ठले पवित्र उद्देश्यका साथ स्थापना भएको छात्रवृत्ति पाउाने विद्यार्थीले अव्वल रुपमा पढेर उत्कृष्ठ नतिजा ल्याउनु पर्ने बताए ।  

    कार्यक्रममा सूर्यविनायक नगरपालिका –१, २, ३, ४, ५ र ७ का १२ वटा विद्यालयका १६ जना, अरनिको मा।वि का ४६ जना लाई छात्रवृती प्रदान गरिएको थियो । छात्रवृती पाउँने अन्य बिद्यालयमा गणेश भारती मा।वि काभ्रे वाँसडोलका २१ जना, बालसुधार मा।वि गोकर्णका २० जना, रेन्बो ई। से। स्कूल गाम्चाका २ जना, ग्रीन भ्याली किर्तिपुरका २ जना, पोखरा आदर्श मा।विका २ जना, सरस्वती मावि काँक्राबारीका १० जनालाई  सात लाख ५७ हजार ६०० रुपैया बराबरको नगद र स्टेशनरी वितरण गरिएको थियो । सोहि अवसरमा स्वास्थ्यमा समस्या रहेका २ विद्यार्थीलाई स्वास्थ्य लाभको कामना गर्दै नगद सहयोगसमेत गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षकशिक्षिका अभिभावकको उपस्थिति थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij