शीतलहरसँगै जाडो बढेपछि सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

शीतलहरसँगै जाडो बढेपछि सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

आइतवार, पौष २९ २०८०
आइतवार, पौष २९ २०८०
  • शीतलहरसँगै जाडो बढेपछि सामूहिकरुपमा आगो ताप्ने व्यवस्था
    बाँके । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
     
    उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गर्ने बताए ।शीतलहरको सुरुआतसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको नगरप्रमुख विष्टको भनाई छ ।
     
    जाडोका कारण आगो ताप्न नपाएर बाँकेमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर दाउरा बितरण गरिएको हो । 
    नेपालगञ्जका रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरारोड, खजुरारोडमा सामुहिक आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
    त्यसैगरी जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको बताइएको छ । 
     
     दाउरा वितरण र सामूहिक आगो ताप्ने कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख बोगटीलगायतको उपस्थिति थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij