हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बृद्वी, निगमलाई अझै १५ दिनमा  १३ अर्व २१ करोड घाटा

हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बृद्वी, निगमलाई अझै १५ दिनमा  १३ अर्व २१ करोड घाटा

बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बृद्वी, निगमलाई अझै १५ दिनमा  १३ अर्व २१ करोड घाटा

    काठमाडौं । हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बढेको छ । इन्डियन आयलबाट बढेर आएपछि नेपाल आयल निगमले आज बिहानदेखि लागू हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य बढाइएको हो । 

    घटा सहेर भएपनि निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।  निगमद्वारा जारी बिज्ञप्तिका अनुसार हवाई इन्धन ९आन्तरिकतर्फ० हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर बनाइएको छ ।त्यस्तै पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको निगमले जनाएको छ । 

    भारतबाट मंगलबार आएको मुल्यसूचि हालसम्मकै सबै भन्दा बढी हो । पछिल्लोपटक  डिजेलमा ९४ रुपैयाँ र पेट्रोलमा ४१ रुपैयाँ मुल्री वृद्धि भएर आएको छ । त्यसैगरी हवाई इन्धनमा १२३ रूपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १९० रूपैयाँ मुल्य बढेर आएको छ । 

    अन्तर्राष्ट्रिय रुपमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमको वर्तमान वित्तीय अवस्था कमजोर हुँदै गएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य अनुसार निगमले १५ दिनमा १३ अर्ब २१ करोड र मासिक २६ अर्ब ४२ करोड घाटा व्यहोर्नु पर्ने देखिएको छ ।
     
    भारतबाट मुल्य बढेर आएपछि ​डिजलमा प्रति लिटर १३३ रुपैया, पेट्रोलमा प्रति लिटर  ४७ रुपैया र ​एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ घाटा रहेको छ। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउँदा समग्र देशको आर्थिक अवस्थामा असन्तुलन आउन सक्ने र महंगी बढ्ने जोखिमलाई मध्यनजर गर्दै, निगमले मुल्य नबढाएको प्रबक्ता ठाकुरले बताए । 

    oil price.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij