भक्तपुर । भक्तपुरको सूर्यविनायक–४ हर्षचोकस्थित सृजनशिल टोलमा संचालित ज्ञान सरोवर मन्टेश्वरीले ५ दिने हिउँदे क्याम्प संचालन गरेको छ । विद्यार्थीलाई पढाईसंगै अतिरिक्त ज्ञान दिने उदेश्यले सञ्चालित क्याम्पमा योग, खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको विद्यालयकी सञ्चालीका निर्मला रेग्मीले बताउँनु भयो ।
योग प्रशिक्षकसमेत रहेकी रेग्मीका अनुसार, बालबालिकालाई पतन्जली योगका ६० वटा अभ्यास सिकाइएको छ । क्याम्पका क्रममा इटाली मेलानो शहरकी सृजनात्मक कलाकी शिक्षिका मारिया, सिटिएफ नेपालबाट आशा मगर, विज्ञान शिक्षक समाजका केन्द्रीय सचिव मनोज आचार्य, कराते प्रशिक्षक अर्जुन केसी, संगीतकार महेन्द्र राजथला लगायतले प्रशिक्षण दिनु भएको थियो । सो क्रममा विद्यालयका शिक्षिकाद्घारा जिवनउपयोगी सिप सिकाइने लगायतका कार्यक्रम समेत रहेको बिद्यालयकी संस्थापक प्रिन्सीपल निर्मला रेग्मीले जानकारी गराउनु भयो । माघ ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा फेस पेन्टीङ, क्याम्प फायर र सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ । २०७१ सालमा स्थापना भएको मन्टेश्वरीले विद्यार्थीलाई रमाइलो वातावरणमा सिक्ने सिकाउने अवसर प्रदान गर्दै आएका कारण यस क्षेत्रमै लोकप्रियता हांसिल गरेको छ ।