बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

    बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए । 

    उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे। यसअघि नेकपा(एमाले)बाट लगातार तीन पटक विजयी भएका दामोदर भण्डारी भने यस पटक तेस्रो स्थानमा झरे ।  उनले १७ हजार ९१ मत ल्याए । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij