भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    भक्तपुर ।  भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

    शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । टरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij