काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान सवेरै ३ बजेर १८ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो ।
भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए ।
भुकम्पबाट मानवीय र भौतिक क्षति भएको जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् । नेपालको पूर्वी क्षेत्र र भारतीय सीमा क्षेत्रमा बिहिवार दिउसो र राती गरी दुई पटक भुकम्पको धक्का महसुस गरिएको थियो ।