सर्लाहीमा दुई हजार नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

सर्लाहीमा दुई हजार नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • सर्लाहीमा दुई हजार नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

    सर्लाही । सर्लाहीमा दुई हजारबढी नेता–कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नं। २ अन्तर्गत पर्सा गाउँपालिकामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दुई हजार बढी नेता–कार्यकर्ता र समर्थक नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। 

    कार्यक्रममा पर्सा गाउँपालिकाका सभापति उपेन्द्र यादव विशिष्ट अतिथि तथा नगेन्द्र कुमार प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनील कुमार यादवको विशेष सहभागिता रहेको थियो। 

    कार्यक्रममा पर्सा गाउँपालिकाका पूर्व अध्यक्ष किसुनदेव यादव तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट उप–मेयर प्रत्याशी रहेकी किरण देवी यादवसहित ठूलो संख्यामा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। 

    नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले खादा ओढाएर स्वागत गर्नुका साथै सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतन्त्र, विकास र जनअधिकारको रक्षा गर्न नेपाली कांग्रेस बलियो राजनीतिक शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij