भक्तपुर । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मंगलवार जलेर घाईते भएकी सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगर उपचारका क्रममा आज मृत्यु भएको हो ।
रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
रानामगरलाई उपचारका लागि धुुलिखेल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलवारराती नै किर्तिपुर लागिएको थियो । घटनाका सम्बन्भमा प्रहरी वृत जगातीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।