बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने

बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
    भक्तपुर । यहाँको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ ।
     
    बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा  गत ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए । पुनः सुधारगृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाल सुधारगृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए । 
     
    सुधारगृृहमा २४ जना बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधारगृहमा राखिँदै आएको थियो । एउटै सुधारगृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा  समस्या पर्दै आएको थियो । 
     
    प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधारगृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij