सूर्यविनायकमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ३५ विद्यालयले प्रतिस्पर्धा गर्दै

सूर्यविनायकमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ३५ विद्यालयले प्रतिस्पर्धा गर्दै

मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • सूर्यविनायकमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ३५ विद्यालयले प्रतिस्पर्धा गर्दै

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा मंगलवारदेखि तेस्रो नगरस्तरीय  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ शुरु भएको हो । 

    नगरपालिकोको वडा नं. ६ बनाचौर खेलमैदानमा भव्य समारोहका बीच सुुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले झण्डोत्तोलन गर्दै प्रतियोगिताको उद्घाटन गरे । उदघाटन समारोहलाई समबोधनगर्नै नगर प्रमुख थापाले नगरपालिकाले खेललाई प्राथमिकतामा राख्दै आएको बताए । 

    surya-4.jpg

    नगरपालिकाले खेलमैदान निर्माण, खेलकुदका क्ष्ैत्रमा पूर्वाधार विकास र खेलाडी उत्पादनमा निरन्तर लगानी गरिरहेको नगर प्रमुख थापाको भनाई थियो । खेलकै माध्यमबाट सूर्यविनायक नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित काम भइरहेको थापाले बताए ।  


    कार्यक्रममा बोल्दै नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुद स्वस्थ समाज निर्माणको आधारशिला रहेको बताउँदै युवालाई खेलसँग जोडेर अनुशासन, सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताइन ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरपालिकाले खेलकुद क्षेत्रलाई संस्थागत रूपमा अघि बढाएको जानकारी दिदै नगरपालिकाको नीति, कार्यक्रम र बजेटमार्फत खेलकुद क्षेत्रलाई दिगो र व्यवस्थित बनाउने काम भइरहेको बताए । 

    61b8e035-217e-4560-994c-2def95dd1ac8.jfif

    नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले स्थापानाकालदेखिनै नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए । जिल्ला खेलकुद समितिका अध्यक्ष राजु थापाले सूर्यविनायक नगरपालिकाले नगर खेलकुद समिति गठन गरी खेलकुद क्षेत्रलाई संस्थागत रूपमा अघि बढाएको भन्दै नगरपालिकाको प्रसंशा गरे । 

    084f1c97-8b3b-4753-8c08-52719500218c.jfif

    आयोजक समितिका सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले प्रतियोगिता स्थानीय तहका खेलाडीका लागि ठूलो अवसर भएको बताए । नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगितामा १२ सामुदायिकसहित ३५ बिद्यालयका करिव नौ सय बिद्यार्थीको सहभागिता रहेको जानकारी दिए । 

    33ceb9fd-c7ce-4b23-a875-d36e96ef52e9.jfif

    उद्घाटन समारोहमा  वडाअध्यक्षहरु सानिकाजी कायस्थ, प्रदिप कार्की, पुस्प राज बस्नेत, भगवान खत्री,   शिबराम राउत लगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो । त्यसैगरी,  शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रत्नबहादुर कटुवाल, बिभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

    उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक मार्चपास पर्दशन गरेका थिए । सोहि अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोमान्चक बनाएका थिए । तीनदिनसम्म चल्ने प्रतियोगिता अन्तर्गत चार स्थानमा छ खेल खेलाइने छ ।

    66e8b812-72dc-4a90-b429-de60b871f14a.jfif

    प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान हांसिल गर्ने बिद्यालयलाई क्रमस ः ३० हजार, २० हजार र १० हजार नगद, शिल्ड, पदक लगायतका पुरस्कार प्र्रदान गरिने सदस्य सचिव दिपक थापाले बताए । 

    4c9997ba-ac53-4186-8f26-cccae4a84986.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij